युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

१० माघ, काठमाडौं । हास्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण भएको छ । यसअघि दोस्रो लहरमा पनि संक्रमित भएका गजुरेल कोरोनाको ओमिक्रोन भेरियण्टबाट संक्रमित भएका हुन् ।

आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिने चाहिं होइन, तर थला चाहिं राम्रै पार्दो रहेछ । ढुक्कसँग उपचार गरौं, केही नहुञ्जेल केही पनि हुँदैन ।’

कोरोना संक्रमणको दोस्रो लहरमा गत कात्तिकमा कोरोना संक्रमण भएपछि गजुरेल ११ दिनसम्म अस्पतालको आईसीयूमा बसेर डिस्चार्ज भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित ख