Latest News
Kathmandu

हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

१० माघ, काठमाडौं । हास्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण भएको छ । यसअघि दोस्रो लहरमा पनि संक्रमित भएका गजुरेल कोरोनाको ओमिक्रोन भेरियण्टबाट संक्रमित भएका हुन् ।

आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिने चाहिं होइन, तर थला चाहिं राम्रै पार्दो रहेछ । ढुक्कसँग उपचार गरौं, केही नहुञ्जेल केही पनि हुँदैन ।’

कोरोना संक्रमणको दोस्रो लहरमा गत कात्तिकमा कोरोना संक्रमण भएपछि गजुरेल ११ दिनसम्म अस्पतालको आईसीयूमा बसेर डिस्चार्ज भएका थिए ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सुदूरपश्चिमका निमित्त मुख्य सचिवसहित १२ कर्मचारीमा कोरोना संक्रमण
पछिल्लो समाचार →
सन् २०२२ मा यी फिल्मले मच्चाउन सक्नेछन् बलिउडमा धमाका

Leave a Comment

Your email address will not be published. Required fields are marked *