Latest News
Kathmandu

महेश बस्नेत यसकारण आज जेल जाने

महेश बस्नेत यसकारण आज जेल जाने

काठमाडौं, ११ माघ । नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेत आज जेल जाँदैछन् । उनी दिउँसो २ बजे जेल जाने भएका हुन् ।

बस्नेत कुनै अपराधको कसूरमा या अभियोगमा जेल जान लागेका होइनन् । उनी जन्मदिन मनाउन जेल जान लागेका हुन् ।

सुन्धारास्थित महिलाहरु रहेको कारागारमा बस्नेतले विशेष सहयोग गर्न लागेका हुन् । उनले महिला कैदीबन्दीका लागि खानेकुरा, लत्ताकपडालगायतका सामाग्री वितरण गर्ने भएका छन् ।

बस्नेतले यस वर्षको जन्मदिन फरक तरिकाले मनाउन लागेका हुन् । जेलमा सहयोग सामाग्री वितरणका लागि सम्पूर्ण तयारी भइसकेको बुझिएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
झण्डै चार वर्षपछि बालाटेली इटलीको टिममा
पछिल्लो समाचार →
कर्णालीका कृषिमन्त्रीको सम्पत्तिः तीन लाख बचत, ११ लाख ऋण (विवरणसहित)

Leave a Comment

Your email address will not be published. Required fields are marked *