Latest News
Kathmandu

राष्ट्रिय सभा निर्वाचनको मतदान शुरू

राष्ट्रिय सभा निर्वाचनको मतदान शुरू

१२ माघ, धनगढी । राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु भएको छ । सुदूरपश्चिम प्रदेश, लुम्बिनी, मधेश लगायतका प्रदेशहरूमा मतदान जारी छ ।

सुदूरपश्चिममा रिक्त रहेका तीन वटा राष्ट्रियसभा सदस्य चयनका लागि प्रदेशको अस्थायी मुकाम धनगढीस्थित प्रदेशसभा परिसरमा केहीबेर अघि मतदान शुरू भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्यहरूले मतदान केन्द्र ‘क’ र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुले मतदान केन्द्र ‘ख’ मा भोट खसालिरहेका छन् ।

सुदूरपश्चिममा सत्तारूढ गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा छ ।

यसैगरी मधेश प्रदेशमा पनि मतदान जारी छ । मधेश प्रदेशमा नेकपा एमाले र लोसपाले गठबन्धन गरेका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एमालेको ‘गढ’ कब्जा गर्ने रणनीतिमा गठबन्धन
पछिल्लो समाचार →
राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा सत्ता गठबन्धन अगाडि, प्रदेश १ मा झिनो अन्तर

Leave a Comment

Your email address will not be published. Required fields are marked *