Latest News
Kathmandu

फिल्म क्रू नेपालबाट ५ लाख बराबरको क्यामेरा सामग्री लिएर समित बज्राचार्य फरार

फिल्म क्रू नेपालबाट ५ लाख बराबरको क्यामेरा सामग्री लिएर समित बज्राचार्य फरार

काठमाडौं । फिल्म क्रू नेपाल प्रालिबाट भाडामा लिइएका करिब पाँच लाख रुपैयाँ बराबरका क्यामेरा सामग्री फिर्ता नगरी समित बज्राचार्य फरार भएका छन्।

फिल्म क्रू नेपालका अनुसार समित बज्राचार्य ले कम्पनीसँग भाडा सम्झौता गरी क्यामेरा तथा फिल्म निर्माणसँग सम्बन्धित सामग्री लगेका थिए। उनले Sony A7 IV (ए–सेभेन फोर) क्यामेरा, जसको बजार मूल्य करिब २ लाख ८२ हजार रुपैयाँ रहेको छ, साथै लेन्स र मेमोरी कार्ड समेत गरी करिब ५ लाख रुपैयाँ बराबरको सामग्री पुस २७ गते भाडामा लिएका थिए।

तर हालसम्म ती सामग्री फिर्ता नगरेको, सम्पर्कविहीन रहेको तथा उनको मोबाइल फोन बन्द रहेको फिल्म क्रू नेपालले जनाएको छ।

बज्राचार्यले आफू कलंकी क्षेत्रमा बसोबास गर्ने बताएका भए पनि उनको नागरिकतामा बसोबासको ठेगाना काठमाडौं महानगरपालिका उल्लेख रहेको कम्पनीले जनाएको छ। उनका बुवाको नाम विदेक बज्राचार्य रहेको जानकारी समेत सार्वजनिक गरिएको छ।

सम्झौताअनुसार सामग्री नफर्काइ फरार भएपछि फिल्म क्रू नेपालले यस विषयमा सम्बन्धित निकायमा जानकारी गराउने तयारी गरिरहेको जनाएको छ।

फिल्म क्रू नेपालको भूमिका

फिल्म क्रू नेपाल नेपालकै एक अग्रणी लाइन प्रोडक्सन तथा फिल्म प्रोडक्सन कम्पनी हो। यसले नेपाली तथा विशेषगरी विदेशी फिल्म निर्माताहरूलाई उच्च गुणस्तरका क्यामेरा, ध्वनि रेकर्डिङ, प्रकाश तथा ग्रिप उपकरणहरू भाडामा उपलब्ध गराउँदै आएको छ।

कम्पनीले फिल्म, विज्ञापन, वृत्तचित्र, रियालिटी शो, सिरिज तथा व्यावसायिक निर्माणहरू का लागि सम्पूर्ण प्राविधिक सहयोग प्रदान गर्दै आएको जनाएको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी
पछिल्लो समाचार →
मकवानपुर–१ बाट कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ : जित्नैपर्ने दबाबमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *