हेटौँडा । नेपाली कांग्रेसकी केन्द्रीय नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ मा मकवानपुर–१ बाट उम्मेदवार बनेकी छन्।
लामो राजनीतिक संघर्ष, उतार–चढाव र निरन्तर चुनावी असफलताबीच पनि जनताबाट प्रत्यक्ष अनुमोदनको लक्ष्यसहित उनी पुनः चुनावी मैदानमा उत्रिएकी हुन्।
डिनाको पारिवारिक पृष्ठभूमि प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको छ। उनले २०४२ सालको सत्याग्रह आन्दोलनमा नेतृ शैलजा आचार्यसँगै सात महिना जेल बसिन्।
प्रत्यक्ष निर्वाचनमा डिनाको यात्रा चुनौतीपूर्ण रहँदै आएको छ। उनले यसअघि मकवानपुर–१ र मकवानपुर–२ बाट चार पटक पराजय बेहोरेकी छन्।
आगामी निर्वाचनमा डिनासँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर सिंह, नेकपा एमालेका रामेश्वर राना, नेकपाका विजय गौतम लगायतका उम्मेदवार चुनावी मैदानमा छन्।
आफूले चुनाव नलड्ने सोच बनाइसकेको अवस्थामा पनि पार्टी नेतृत्वको आग्रह र ‘जितेर आउनुहुन्छ’ भन्ने ढाडसपछि उम्मेदवारी दिएको डिनाले बताएकी छन्।
