Latest News
Kathmandu

महोत्तरीबाट १६० किलो गाँजा बरामद

महोत्तरीबाट १६० किलो गाँजा बरामद

१४ माघ, वीरगञ्ज । सशस्त्र प्रहरीले महोत्तरीबाट १६० किलो गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी र बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको टोलीले गएराति महोत्तरी गाउँपालिका–४ रानी रतवाडाबाट गाँजा बरामद गरेको हो ।

स्थानीय गणेश चौधरीको कुखुरा फर्म पछाडि रहेको परालको टौवामा लुकाएर राखिएको अवस्थामा १६ वटा पोकामा १६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश ठाडामगरले जानकारी दिए ।

बरामद गरिएको गाँजा आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाउने उनले बताए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
लमजुङमा भूकम्पको धक्का महसुस
पछिल्लो समाचार →
उखुबारीमा गाडिएको अवस्थामा भेटिए दुई शव

Leave a Comment

Your email address will not be published. Required fields are marked *