Latest News
Kathmandu

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो

१४ माघ, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । बिहीबार पनि तोलामा ९ सय रुपैयाँले सुनको मूल्य घटेको थियो । लगातार दोस्रो दिन सुनको पनि मूल्य घट्दा सुन तोलामा १८ सय सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावल सुनको मूल्य तोलामा ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य तोलामा ९२ हजार एक सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावल सुन तोलामा ९३ हजार ५ सय र तेजावी सुन ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
जाेर–बिजोरलाई थप व्यवस्थित गर्नेबारे उपत्यकाका सिडिओहरूकाे बैठक बस्दै
पछिल्लो समाचार →
यो साता नेप्से परिसूचक १५१.६१ अंकले घट्यो

Leave a Comment

Your email address will not be published. Required fields are marked *