Latest News
Kathmandu

प्रधानमन्त्रीले गरे शहीद स्तम्भमा माल्यार्पण

प्रधानमन्त्रीले गरे शहीद स्तम्भमा माल्यार्पण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका छन् ।

शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।

कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी लगायत सहभागी थिए ।

कोरोना संक्रमणको अवस्थाका कारण शहीद दिवसको कार्यक्रम औपचारिकतामा सीमित गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
७ वर्षपछि बार्सिलोना फर्किए एडामा ट्राओरे
पछिल्लो समाचार →
मतदानको अवस्था सिर्जना गर्ने अभिभारा आयोगको हो

Leave a Comment

Your email address will not be published. Required fields are marked *