Latest News
Kathmandu

International Mother Language Day : भाषिक विविधताको संरक्षणमा जोड

International Mother Language Day : भाषिक विविधताको संरक्षणमा जोड

काठमाडौं । आज विश्वभर International Mother Language Day विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भाषिक अधिकार, सांस्कृतिक पहिचान तथा बहुभाषिकताको संरक्षणमा सचेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष फेब्रुअरी २१ मा यो दिवस मनाइन्छ ।

सन् १९५२ मा तत्कालीन पूर्वी पाकिस्तान (हाल Bangladesh) मा बङ्गाली भाषालाई मातृभाषाका रूपमा मान्यता दिन माग गर्दै आन्दोलन गर्दा विद्यार्थीमाथि गोली चलाइएर हत्या गरिएको घटनाको स्मरणमा यो दिवस मनाउन थालिएको हो।

यस घटनालाई विश्वव्यापी मान्यता दिँदै UNESCO ले सन् १९९९ नोभेम्बर १७ मा यस दिनलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा घोषणा गरेको थियो। त्यसपछि United Nations को आह्वानसँगै सन् २००० देखि विश्वभर औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो।

भाषिक तथा सांस्कृतिक विविधताको सम्मान, बहुभाषिक शिक्षा प्रवर्द्धन तथा लोपोन्मुख भाषाको संरक्षण यस दिवसको मुख्य उद्देश्य मानिन्छ। मातृभाषा संरक्षणको सन्देश प्रवर्द्धन गर्न संयुक्त राष्ट्र सङ्घकै आह्वानमा सन् २००८ लाई अन्तर्राष्ट्रिय भाषा वर्षका रूपमा समेत मनाइएको थियो।

नेपाल बहुभाषिक मुलुकका रूपमा परिचित छ । भाषा आयोग नेपालको प्रतिवेदनअनुसार नेपालमा बोलिने भाषाको सङ्ख्या १३१ पुगेको छ । आर्थिक वर्ष २०७६÷७७ मा मारेक (याक्खा) र नावा शर्पा भाषा थपिएसँगै यो सङ्ख्या वृद्धि भएको हो।

यसअघि आयोगको २०७५÷७६ को अध्ययन प्रतिवेदनमा राना थारु (कञ्चनपुर), नार–फु (मनाङ), चुम (स्यार, गोरखा), पाइके (डोल्पा), सेराके÷सेके (मुस्ताङ), नुब्री र लार्के लगायत भाषा सूचीकृत भएका थिए।

भाषाविद्हरूका अनुसार मातृभाषाको संरक्षणले सांस्कृतिक पहिचान, परम्परा र ज्ञान प्रणालीलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
युवालाई स्वदेशमै अवसर सिर्जना गर्न प्रधानमन्त्री कार्कीको आह्वान
पछिल्लो समाचार →
Donald Trump को दाबी : भारत–पाकिस्तान युद्धविराममा ट्यारिफको धम्की प्रयोग

Leave a Comment

Your email address will not be published. Required fields are marked *