दोलखा । दोलखामा विभिन्न पार्टी परित्याग गरी अजयबाबु शिवाकोटी नेतृत्वको नेपाली कांग्रेस मा प्रवेश गर्नेको लहर देखिएको छ। सो क्रममा नेकपा एमाले परित्याग गरी कालिञ्चोक गाउँपालिकाका थुप्रै नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्।
कालिञ्चोक गाउँपालिका–२ बाबरेमा शनिबार आयोजित कार्यक्रममा एमाले नेता लालबहादुर थामीको नेतृत्वमा च्युफुर थामी, सन्ते थामी (ए) र सन्ते थामी (बी) कांग्रेसमा प्रवेश गरेका हुन्।
नवप्रवेशीहरूलाई दोलखा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिवाकोटी र बागमती प्रदेशका पूर्वअर्थमन्त्री कुन्दनराज काफ्ले ले खादा तथा माला लगाएर स्वागत गरे। सोही अवसरमा धनकुमार थामी, निरमाया थामी र धनबहादुर थामी पनि आफ्नो पुरानो घर कांग्रेसमै फर्किएको जनाइएको छ।
पार्टी प्रवेश गर्नेहरूमा नयाँ पुस्ताका युवाहरूको उल्लेख्य सहभागिता देखिएको छ। देवबहादुर थामी र सञ्जय थामीलगायतका युवाहरू कांग्रेसको विचार र नेतृत्वबाट प्रभावित भई पार्टीमा भित्रिएको बताइएको छ। पछिल्लो समय दोलखाका विभिन्न स्थानीय तहमा कांग्रेस प्रवेश गर्नेहरूको सङ्ख्या बढ्दै गएको दाबी गरिएको छ।
स्थानीयका अनुसार स्वच्छ छवि भएका, भ्रष्टाचारविरोधी तथा युवा उम्मेदवारका रूपमा शिवाकोटी चुनावी मैदानमा आएपछि अन्य दलका कार्यकर्तामा पनि उत्साह थपिएको छ। नवप्रवेशीहरूले कांग्रेसको विकासप्रतिको स्पष्ट दृष्टिकोण र लोकतन्त्र रक्षाका लागि जुझारु नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै आफूहरूले पार्टी परिवर्तन गरेको बताएका छन्।

Leave a Comment