Latest News
Kathmandu

गृहमन्त्री अर्याल र संयुक्त राष्ट्र संघका आवासीय संयोजकबीच भेटवार्ता

गृहमन्त्री अर्याल र संयुक्त राष्ट्र संघका आवासीय संयोजकबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि संयुक्त राष्ट्र संघका नवनियुक्त आवासीय संयोजक लिला पिटर्स याहिया बीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट्र संघले शासकीय सुधार, जलवायु परिवर्तन, र स्थानीय तहहरूको क्षमता वृद्धि लगायतका क्षेत्रमा नेपाललाई पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा संयुक्त राष्ट्र संघसँगको सहकार्य अझ प्रगाढ हुने विश्वास पनि व्यक्त गरे।

संयुक्त राष्ट्र संघकी संयोजक पिटर्स याहियाले नेपाल सरकारसँगको सहकार्य निरन्तरता पाउनेलागु औषध नियन्त्रण, सीमा सुरक्षा, मानव बेचबिखन जस्ता क्षेत्रमा थप सहयोग विस्तार गर्ने विषयमा चासो व्यक्त गरे।

शिष्टाचार भेटमा गृहमन्त्री अर्यालले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा शान्ति सुरक्षा कायम गरी निष्पक्ष निर्वाचन सम्पन्न गराउने सरकारको तयारी र प्रयासबारे पनि जानकारी दिए।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सडक सञ्चालनमा आएको १३ वर्षपछि कालोपत्रेका लागि १६ करोड बजेट सुनिश्चित
पछिल्लो समाचार →
मकवानपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा वृद्धि

Leave a Comment

Your email address will not be published. Required fields are marked *