युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडाैँ । विश्वभर बढेकाे तेलको मूल्यवृद्धिलाई सम्बोधन गर्न पेट्रोल निर्यातक राष्ट्रहरूको संघ (ओपेक)ले आवश्यक कदम चाल्नसक्ने भएको छ ।

इन्धनको मूल्यवृद्धिबाट आक्रान्त बनेका ग्राहकका लागि ओपेक प्लसले बुधवार आफ्ना साझेदारहरूसँग गर्न लागेको भर्चुअल बैठकमा तेलको उत्पादनसम्बन्धमा महत्वपूर्ण निर्णय लिनसक्ने बताइएकाे छ ।

यतिबेला तेलमा मूल्यवृद्धि भइरहेको छ र यसलाई नियन्त्रण गर्न ओपेक र यसका साझेदारहरूमाथि दबाब परेको छ । तेलको मूल्यले राजनीतिक दबाबको सामना गरिरहेको जनाउँदै गोल्डम्यान स्याक्सले ओपेक प्लस मासिक ४ लाख ब्यारेल उत्पादन वृद्धि गर्ने योजनामा अडिग नरहने जनाएको छ । तेल आयात गर्ने मुलुकहरूको दबाबका कारण आपेक प्लसले तेलको उत्पादन वृद्धि गर्न सक्ने गोल्डम्यान स्याक्सको ठहर छ ।

रुस–युक्रेन तनावका कारण गत सोमबार अमेरिकी तेलको मूल्य सन् २०१४ पछिकै उच्च विन्दु अर्थात् प्रतिब्यारेल ८८ डलर पुगेको छ । त्यस्तै ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल ९० डलर पुगेको छ ।

ग्यासोलिनको नेसनल एभरेज मूल्य पनि प्रतिग्यालोन ३.३८ डलर पुगेको छ । ओपेके प्लसले आवश्यक कदम चाले पनि तेलको तातिरहेको मूल्य कमैमात्रै सेलाउने जनाइएको छ ।

ओपेक प्लसले उत्पादन बढाए तेलको मूल्य प्रतिब्यारेल ३ डलर मात्रै घट्ने गोल्डम्यान स्याक्सले जनाएको छ । यदि साउदी अरबले दुईपक्षीय रूपमा तीन महिनाका लागि तेलको उत्पादन ५ लाख ब्यारेल बढाउने निर्णय गर्यो भने मूल्यको गिरावट प्रतिब्यारेल ३ डलरभन्दा कम हुने गोल्डम्यानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख