Latest News
Kathmandu

विजयी भएपछि रञ्जुले भनिन् : रियल फाइट अब सुरु हुन्छ

विजयी भएपछि रञ्जुले भनिन् : रियल फाइट अब सुरु हुन्छ

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रञ्जु न्यौपाने विजयी भएकी छन् ।

विजय सुनिश्चित भएपछि उनले पत्रकार सम्मेलन गर्दै मतदाताप्रति धन्यवाद ज्ञापन गरेकी छन् । उनले भनिन्, ‘यो निर्वाचन विशेष परिस्थितिमा भएको हो । उम्मेदवार र पार्टीले विशेष रणनीति लिएका थियौं । मतदाताले पनि विशेष रूपमा प्रतिक्रिया दिनुभएको स्पष्ट देखियो ।’

उनले थप्दै भनिन्, ‘३५–३६ वर्षदेखि बारम्बार मतदाता नेपाली नागरिकलाई धोका दिनेहरूलाई ढोका बन्द गरिदिन्छौं भनेर मतदाताले भनिदिनुभएको छ । यो हाम्रो लागि निकै सुखद कुरा हो ।’

न्यौपानेले महत्वपूर्ण जित हासिल भएकाले अब काम गरेर देखाउनैपर्ने बताइन् । उनले भनिन् कि यो जितसँगै जिम्मेवारी पनि थपिएको छ र अब जनताको अपेक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताइन् ।

उनले भनिन्, ‘यो जित हाम्रा लागि चुनौतीपूर्ण पनि छ । यस्तो महत्वपूर्ण जित हासिल भएकाले अब काम गरेर देखाउनैपर्छ । रियल फाइट त अब सुरु हुँदैछ ।’

उनले काठमाडौं–१ का हरेक मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै यो जित विवेकशील राजनीतिको जीत भएको पनि बताइन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
Healthy baby born to HIV-positive mother, representing HIV care and prevention
एचआइभी सङ्क्रमित आमाबाट स्वस्थ बच्चाको जन्म
पछिल्लो समाचार →
मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका प्रकाश गौतम अग्रता
RSP candidate Prakash Gautam leading vote count in Makwanpur Constituency 1 Nepal election

Leave a Comment

Your email address will not be published. Required fields are marked *