Latest News
Kathmandu

मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका प्रकाश गौतम अग्रता

मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका प्रकाश गौतम अग्रता

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नं. १ मा जारी मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।

सिद्धार्थ माध्यमिक विद्यालय मतदान केन्द्रका विभिन्न बूथको मतगणनाअनुसार घण्टी चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश गौतमले १८५४ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार सूर्य चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका रामेश्वर राना मगरले २९१ मत प्राप्त गरेका छन् । त्यसैगरी रुख चुनाव चिन्हकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले ६६२ मत प्राप्त गरेकी छन् ।

यस्तै हलो चुनाव चिन्हका दिपक बहादुर सिंहले ३१२ मत प्राप्त गरेका छन् ।

अन्य उम्मेदवारमध्ये मादल चुनाव चिन्हका रंजना सुवाल मगजुले २ मत प्राप्त गर्दा ढल्केको छाता चुनाव चिन्हका रुपक लामाले खाता समेत खोल्न सकेका छैनन्

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ११५ बदर मत समेत रहेको छ भने मतगणना कार्य अझै जारी रहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
विजयी भएपछि रञ्जुले भनिन् : रियल फाइट अब सुरु हुन्छ
पछिल्लो समाचार →
चुनावी अपडेट : देशभर रास्वपा ३५ सिटमा विजयी, ६ सिट जितेको कांग्रेस दोस्रो स्थानमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *