Latest News
Kathmandu

चुनावी अपडेट : देशभर रास्वपा ३५ सिटमा विजयी, ६ सिट जितेको कांग्रेस दोस्रो स्थानमा

चुनावी अपडेट : देशभर रास्वपा ३५ सिटमा विजयी, ६ सिट जितेको कांग्रेस दोस्रो स्थानमा

काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर उल्लेखनीय अग्रता लिइरहेको छ । पछिल्लो अपडेट अनुसार रास्वपाले ३६ सिट जितेको छ

S.N.Province / District / ConstituencyCandidate Name (Age, Gender)Votes Received
1Koshi – Morang (Const. 4)Santhosh Rajbanshi (34 M)40,833
2Koshi – Morang (Const. 6)Rubina Acharya (29 F)55,523
3Madhesh – Dhanusha (Const. 3)Manish Jha (45 M)43,988
4Madhesh – Mahottari (Const. 1)Pramod Kumar Mahato (60 M)34,636
5Madhesh – Bara (Const. 3)Arabind Kushwaha (51 M)40,817
6Madhesh – Bara (Const. 4)Rahbar Ansari (31 M)42,200
7Madhesh – Parsa (Const. 1)Buddhi Prasad Pant (48 M)20,274
8Madhesh – Parsa (Const. 2)Sushil Kumar Kanu (45 M)30,740
9Bagmati – Nuwakot (Const. 2)Anupam Tamrakar (44 M)32,054
10Bagmati – Kathmandu (Const. 2)Ranju Darshana (27 F)15,455
11Bagmati – Kathmandu (Const. 3)Sunil K.C. (44 M)34,238
12Bagmati – Kathmandu (Const. 5)Raju Nath Pandey (58 M)18,757
13Bagmati – Kathmandu (Const. 6)Pukar Bam (34 M)29,242
14Bagmati – Kathmandu (Const. 7)Sasmita Pokharel (29 F)20,727
15Bagmati – Kathmandu (Const. 8)Ganesh Parajuli (49 M)27,805
16Bagmati – Kathmandu (Const. 9)Biraj Bhakta Shrestha (42 M)24,512
17Bagmati – Kathmandu (Const. 10)Pradip Bista (42 M)35,093
18Bagmati – Lalitpur (Const. 2)Pradip Bista (42 M)27,489
19Bagmati – Bhaktapur (Const. 2)Rukesh Ranjit (42 M)33,435
20Bagmati – Kavrepalanchok (Const. 2)Buddha Ratna Maharjan (47 M)23,373
21Bagmati – Chitwan (Const. 2)Ravi Lamichhane (50 M)54,402
22Gandaki – Kaski (Const. 1)Khadak Raj Paudel (49 M)31,883
23Gandaki – Kaski (Const. 2)Madhav Prasad Paudel (43 M)21,911
24Gandaki – Kaski (Const. 3)Bina Gurung (52 F)37,750
25Gandaki – Syangja (Const. 2)Dhananjay Reshmi (50 M)21,071
26Gandaki – Tanahun (Const. 1)Sunil Khadka (31 M)20,227
27Gandaki – Tanahun (Const. 2)Som Sharma (42 M)12,647
28Gandaki – Parbat (Const. 1)Sagar Bhusal (34 M)25,561
29Lumbini – Gulmi (Const. 2)Govinda Pant (51 M)16,167
30Lumbini – Rupandehi (Const. 2)Shulabh Kharel (28 M)56,550
31Lumbini – Rupandehi (Const. 3)Dr. Toshima Karki (38 F)58,824
32Lumbini – Rupandehi (Const. 5)Kanhaiya Baniya (36 M)28,066
33Lumbini – Banke (Const. 2)Suresh Kumar Chaudhary (48 M)32,792
34Lumbini – Banke (Const. 3)Khagendra Sunar (30 M)21,551
35Sudurpashchim – Kailali (Const. 2)Komal Jhyali (47 F)17,826

यसले पुराना दलहरूलाई चुनौती दिएको छ । जसमध्ये नेपाली कांग्रेस हालसम्म ६ सिटमा विजयी बन्दै दोस्रो स्थानमा खुम्चिएको छ ।

प्राप्त पछिल्लो परिणाम अनुसार कांग्रेसबाट जित हासिल गर्ने उम्मेदवारहरूमा डोटी– १ बाट भरतबहादुर खड्का १४,८९७ मत ले बिजय हुँदा दैलेख– १ बाट बासना थापा १२,३७२ मत, सन्तोष सुब्बा – तेह्रथुम – १ बाट ११,५६१ मत ले विजय भएका छन् ।

यस्तै, मोहन आचार्य रसुवा १ बाट १०,६५६ मत ले विजयी हुँदा योगेश गौचन – थकाली मुस्ताङ १ बाट ३,३०७ मत ले विजयी भए । यसैगरी टेकबहादुर गुरुङ – मनाङ १ बाट २,४१५ मत ले विजयी भए ।

हालसम्मको मतगणनामा रास्वपाले ८४ स्थानमा अग्रता बनाएको छ । नेपाली कांग्रेसले १० स्थानमा अग्रता कायम गरेको छ भने नेकपा एमालेले २ सिटमा जित हासिल गरेको छ र ९ स्थानमा अग्रता लिइरहेको छ । यस्तै, नेकपाले २ सिट जित्दा १० स्थानमा अग्रता कायम गरेको छ ।

विशेषगरी झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाह ले एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा करिब ३५ हजार मत ले अग्रता बनाएका छन् ।

हालको निर्वाचन परिणाम अनुसार रास्वपा अहिले देशभरको राजनीतिक परिदृश्यमा बलियो पार्टी को रुपमा देखा परेको छ ।

निर्वाचन नतिजाले परम्परागत दलहरूको स्थिति चुनौतीपूर्ण बनाएको छ भने नयाँ राजनीतिक दलले जनमतमा आफ्नो प्रभुत्व कायम गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
RSP candidate Prakash Gautam leading vote count in Makwanpur Constituency 1 Nepal election
मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका प्रकाश गौतम अग्रता
पछिल्लो समाचार →
मतदानमा जेन–जीदेखि वृद्धसम्मको उत्साह (फोटोफिचर)

Leave a Comment

Your email address will not be published. Required fields are marked *