Latest News
Kathmandu

घान्द्रुक यात्रा सुरक्षित बनाउने उद्देश्यले कला भिरमा बनाइयो रेलिङ

घान्द्रुक यात्रा सुरक्षित बनाउने उद्देश्यले कला भिरमा बनाइयो रेलिङ

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित कला भिरमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक किनारमा रेलिङ बनाइएको छ ।

सो स्थानमा गत असोज २५ गते ग १ ज ६९०० नम्बरको जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि घान्द्रुक यात्राबारे नकारात्मक सन्देश प्रवाह भएको भन्दै यात्रालाई सुरक्षित बनाउने उद्देश्यले रेलिङ निर्माण गरेको लामा अमृत फाउण्डेशनले जनाएको छ ।

घान्द्रुकका स्थानीय होटल तथा पर्यटन व्यवसायीहरू र देश विदेशमा रहेका दाताहरुको १ लाख ४५ हजार रुपैयाँ आर्थिक सहयोगमा पक्की रेलिङ निर्माण गरेको लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले बताए । साथै घुम्तीहरुमा पाँच वटा ऐना पनि राखिएको उनले बताए ।

रेलिङ निर्माण समितिका संयोजक याम बहादुर गुरुङले रेलिङ निकै बलियो हुने गरी गाडेको भन्दै यसले सवारी साधनलाई बाटोबाट तल भिरमा खस्नबाट रोक्ने विश्वास व्यक्त गरे ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सुदूरपश्चिममा अपाङ्ग र ज्येष्ठ नागरिक कोरोना खोपको पहुँच बाहिर
पछिल्लो समाचार →
थप ११ सय स्मार्ट सडक बत्ती जोड्दै ललितपुर महानगर

Leave a Comment

Your email address will not be published. Required fields are marked *