Latest News
Kathmandu

नेपालमा ओमिक्रोनको सब–भेरियन्ट सक्रिय : डब्लूएचओ

नेपालमा ओमिक्रोनको सब–भेरियन्ट सक्रिय : डब्लूएचओ

काठमाडौँ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपालमा ओमिक्रोनको सब-भेरियन्ट (सह–प्रजाति) सक्रिय रहेकाे बताएकाे छ ।

डब्ल्यूएचओले नेपाल लगायत विश्वका ५७ मुलुकमा ओमिक्रोनको सब भेरियन्ट सक्रिय बन्न थालेको बताएको हो ।

डब्ल्यूएचओका कोभिड प्रतिकार्य टोलीका सदस्य डा. बोरिस पाभलिनले ओमिक्रोनको सब भेरिएन्ट सक्रिय बन्न थालेको जानकारी गराएका हुन् ।

यो नयाँ सह–प्रजाति पनि शुरूको ओमिक्रोन भेरियन्ट बीए डट वान जस्तै भएको उनको भनाइ छ । यसबाट संक्रमित भएकाहरूमा पनि अस्पताल भर्ना हुने संक्रमितको संख्या नबढेको बताइएको छ । त्यस्तै, अहिलेका खोपले ओमिक्रोन र यसका सब भेरियन्टविरुद्ध राम्रो काम गरिरहेको पनि डब्लूएचओले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
फेसबुकको माउ कम्पनी मेटाको शेयरमा भारी गिरावट
पछिल्लो समाचार →
लाेकसेवाका स्थगित परीक्षा फागुन ६ देखि हुने

Leave a Comment

Your email address will not be published. Required fields are marked *