Latest News
Kathmandu

बागबजारमा खुल्यो श्रीराज कलेक्सनको शाखा, माघ महिनामा सुट सिलाउँदा २५ प्रतिशत छुट्

बागबजारमा खुल्यो श्रीराज कलेक्सनको शाखा, माघ महिनामा सुट सिलाउँदा २५ प्रतिशत छुट्

नरदेवीस्थित श्रीराज कलेक्सनले बागबजारमा सर्टिङ सुटिङको लागि दोस्रो ब्राञ्च सुट्माला सूरु गरेको छ । यहि माघ १७ गते बाट सुट्मालाको शुभारम्भ भएको छ । कोरोना महामारीबिच सरकारले तोकेको मापदण्ड पूरा गरेर सिमित व्यक्तिको उपस्थिीतिमा कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमको नाम खुसी मिलन राखिएको थियो ।

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठलाई सुट्मालाका सञ्चालक राज कार्कीले पुष्पगुच्छा प्रदान गरेर, खुसी साटासाट गर्दै कार्यक्रम शुभारम्भ गरिएको थियो । सञ्चालक कार्कीका अनुसार माघ महिनाभरी सुट् सिलाउनेलाई २५ प्रतिशत छुट् दिईने छ ।

बागबजार सुट् हबका लागि सुपरिचित स्थान हो । सुट्माला बागबजारको केएमसी कलेजको ठिक अगाडी अवस्थित छ । सुट्मालाले बिभिन्न डिजाइनका आधुनिक सुट् र यससँग सम्बन्धित सबै प्रकारका आइटमहरु उपलब्ध गराउने सञ्चालक कार्कीले बताए ।

बागबजारको यस ब्राञ्चमार्फत नेपाली कपडा उत्पादनलाई पनि विशेष प्राथमिकता दिईने उनले बताए । जस अन्र्तगत अल्लोका उत्पादनलाई विशेष जोड दिईने उनी बताउ“छन् । ‘अल्लोबाट बन्ने सुट् लगायतका सामानहरु उपलब्ध गराउने छौं ।’ कार्कीले भने, ‘यसबाहेक इटालियन, इन्डियन ब्राण्डका लुगाहरु सुटमालाले उपलब्ध गराउने छ ।’ सर्टिङ सुटिङमा एक दशक लामो अनुभब बटुलेका राज कार्कीले यो क्षेत्रमा नयाँ र फरक तरिकाले व्यवसाय सञ्चालन गर्दै आएका छन् । बागबजारस्थित सुट्मालामा अनलाइनबाट पनि कपडा अर्डर गर्न सकिनेछ । अर्डरका आधारमा काठमाडौ उपत्यकाभित्र होम डेलिभरी सुविधा पनि प्रदान गर्नेछ । यस्तो विषम परिस्थीतिमा पनि आफूले नयाँ ब्राञ्च सूरु गर्दा युवा पुस्तालाई सकारात्मक सोच र उर्जा मिल्ने कुरामा विश्वास लिएको सञ्चालक कार्कीले बताए । कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य मिलन नेपाली, बाग्मति प्रदेश सदस्य महेश कायस्थ, बिनोद छिनाल, काठमाडौ जिल्ला संघका अध्यक्ष चन्द्र रणपहेली, सचिव सागर कार्की, कोषाध्यक्ष लालु बैजु, सह सचिव बासुदेब पौडेल, सदस्य मृदुला शर्मा, बिनु मित्राकोटी, दीपक परियारको उपस्थिीति रहेको थियो । यस्तै कलाकार सुरज चापागाइ ‘बान्द्रे’, सुबोध गौतम ‘एक्दुमे’, यादब देबकोटा ‘सरापे’, राजु कमेडी, सुरेश थापा ‘दर्शने’, दुर्गा विरही, कुमार कार्की, उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की लगायतको उपस्थिीति रहेको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
लाेकसेवाका स्थगित परीक्षा फागुन ६ देखि हुने
पछिल्लो समाचार →
गायिका लता मंगेशकरको निधन

Leave a Comment

Your email address will not be published. Required fields are marked *