Latest News
Kathmandu

सीटीईभीटीलाई ९ वटा बस सहयोग

सीटीईभीटीलाई ९ वटा बस सहयोग

काठमाडौं । ब्रिटिश काउन्सिल नेपालको दक्षता परियोजनाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) लाई नौ वटा बस प्रदान गरेको छ ।

परियोजनाका टोली प्रमुख एरिक विन्तर श्मीटले आज एक कार्यक्रममा सीटीईभीटीका सदस्य सचिव जीब नारायण काफ्लेलाई बस हस्तान्तरण गरेका हुन् ।

नेपालभर प्राविधिक तथा व्यवसायिक तालिममा पहुँच बढाउने प्रयास अन्तर्गत ती बसहरु प्रदान गरिएको काउन्सिलले जनाएको छ ।

कार्यक्रममा काउन्सिल नेपालकी राष्ट्रिय निर्देशक शहिदा म्याकडुगलले विद्यार्थी र िशक्षक दुवैका लागि पहुँच र समावेशीतामा वृद्धि गर्ने सीटीईभीटीका विद्यालयहरुसँग साझेदारीको अवसरले गौरवान्वित भएको बताइन् ।

कार्यक्रममा सीटीईभीटीका सदस्य सचिव काफ्लेले श्रम बजारसँग सम्बन्धित सीपको तालिम पाउनमा रहेका भौतिक अवरोधलाई सम्बोधन गर्न यी बसहरुले सघाउ पुर्याउने भन्दै परियोजनालाई धन्यवाद दिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
हिमपातले प्रभावित हुम्लाको हवाई सेवा ५ दिनपछि सुरु
पछिल्लो समाचार →
‘महाभारत’का ‘भीम’ प्रवीण कुमारको निधन

Leave a Comment

Your email address will not be published. Required fields are marked *