Latest News
Kathmandu

इमर्जिङ नेपालको आईपीओ खुल्यो

इमर्जिङ नेपालको आईपीओ खुल्यो

काठमाडौं । जलविद्युत कम्पनी इमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर आईपीओको बिक्री खुलेको छ । सर्वसाधारणका लागि आजबाट साधारण सेयर बिक्री गर्न लागिएको हो ।

१०० रूपैयाँ अंकित दरमा ५ लाख १६ हजार ७०८ कित्ता सेयरका लागि फागुन १ गतेसम्म सर्वसाधरणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । ११ हजार ११२ कित्ता कर्मचारीले र २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषले पाउने छ ।

कम्तिमा १० कित्ता र अधिकतम् १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । थोरै कित्ता निष्कासन भएकाले १० कित्ता भन्दा धेरै पर्दैन ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
डोटीको जनसंख्या : कुन पालिकामा बढ्यो, कुनमा घट्यो ?
पछिल्लो समाचार →
वीरगञ्जका विद्यालयमा भौतिक उपस्थितिमा पढाइ सुरु

Leave a Comment

Your email address will not be published. Required fields are marked *