Latest News
Kathmandu

राखेपको कार्याबाहक सदस्य सचिव तोकियो : आर्थिक र प्रशासनिक अधिकार कमल पोखरेललाई !

राखेपको कार्याबाहक सदस्य सचिव तोकियो : आर्थिक र प्रशासनिक अधिकार कमल पोखरेललाई !

काठमाडौँ, । राष्ट्रिय खेलकुद परिषदमा लामो समयदेखि सदस्य सचिव पद रिक्त रहँदै आएको अवस्थामा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव कमल प्रसाद पोख्रेललाई प्रशासनिक तथा आर्थिक अधिकार दिइएको छ । नेपाल सरकार मन्त्री परिषदको २०७८ माघ २४ गतेको निर्णय अनुसार सहसचिव पोख्रेललाई सो अधिकार दिइएको हो ।

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको अनुपस्थितिमा नीजले सम्पादन गर्ने प्रशाशनिक तथा आर्थिक अधिकार परिषदका अध्यक्षले मन्त्रालयका महाशाखा प्रमुख वा परिषदका बरिष्ठ कर्मचारीलाई दिने निर्णय भएको खेलकुद मन्त्रालय सचिवालयले जनाएको छ ।

खेलकुद मन्त्री अध्यक्ष रहने परिपाटी रहेको खेलकुद परिषदमा लामो समयदेखि सदस्य सचिव पद रिक्त रहँदै आएको छ । सदस्य सचिवको अनुपस्थितिमा प्रशासन र आर्थिक गतिबिधिमा समस्या देखिएको भन्दै मन्त्रालयका सहसचिव पोख्रेललाई उक्त अधिकार दिइएको बताइएको छ ।

राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष समेत रहेका खेलकुद मन्त्री महेश्वर गहतराजले सहसचिव पोख्रेललाई दिएको पत्रमा भनिएको छ, ‘राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव अनुपस्थित रहेको अवस्थामा नीजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार तपाईलाई दिएको छु ।’

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पाडीबाच्छी हुर्काउने किसानलाई अनुदान
पछिल्लो समाचार →
रचनाले गाएको ‘न बिर्सेँ तिमीलाई…’ प्रति अन्जुको असन्तुष्टि , लेख्छिन् यस्तो …

Leave a Comment

Your email address will not be published. Required fields are marked *