Latest News
Kathmandu

दाङको तुलसीपुरमा आगलागी हुँदा ५ जनाको मृत्यु

दाङको तुलसीपुरमा आगलागी हुँदा ५ जनाको मृत्यु

घोराही । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।

चार जना पुरुष र एकजना बालिका गरी पाँच जनाको मृत्यु भएको इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको हो । घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको हो । पाँचै जनाको धुवाँमा निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अनन्त तामाङ आईएसएल क्लब इस्ट बंगालमा अनुबन्धित
पछिल्लो समाचार →
पार भयो कोरोना महामारीको तेस्रो लहर

Leave a Comment

Your email address will not be published. Required fields are marked *