Latest News
Kathmandu

आजदेखि सबै नागरिकलाई बुस्टर डोज

आजदेखि सबै नागरिकलाई बुस्टर डोज

काठमाडौँ । सरकारले आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । दोस्रो डोज खोप लगाएका ६ महिना पूरा भएका सबैलाई विरुद्धको बुस्टर डोज दिइने भएको हाे ।

बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि सरकारले मिक्स म्याचको अवधारणाअनुसार बुस्टर डोजमा फरक-फरक खोप पनि दिएको थियो ।

कोभिड-१९ सङ्क्रमण भएका व्यक्तिहरूले भने सङ्क्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लिन मन्त्रालयले अनुरोध गरेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आजदेखि नेपालमा रेल चल्दै
पछिल्लो समाचार →
एक दर्जन राष्ट्रद्वारा आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह

Leave a Comment

Your email address will not be published. Required fields are marked *