Latest News
Kathmandu

एमाले सांसदहरूले भने – चोलेन्द्रलाई बोकेर चुनावमा जान सकिंदैन

एमाले सांसदहरूले भने – चोलेन्द्रलाई बोकेर चुनावमा जान सकिंदैन

काठमाडौं । नेकपा एमालेका सांसदहरूले निलिम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ‘बोकेर’ चुनावमा जान नसकिने बताएका छन् ।

जबराविरुद्ध सत्तारुढ गठबन्धनले आइतबार संसदमा महाअभियोग दर्ता गराएको छ । त्यसको प्रतिवादमा एमालेले पनि चार न्यायाधीशलाई महाअभियोग दर्ता गर्ने तयारी छ ।

सोमबार बसेको संसदीय दलको बैठकमा पनि एमाले अध्यक्ष ओलीले नेतृत्वले जे सुकै सोचेर निर्णय लिएको हुनसक्ने भन्दै त्यसलाई मानेर जानुपर्ने बताएका छन् । यद्यपि के गर्ने भनेर बताएका छनन् ।

अहिले सांसदहरुले धारणा राखिरहेका छन् । अहिलेसम्म १० जना सांसदले बोलेका र अधिकांशले जबरा र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बोकेर चुनाव जान नसक्ने बताएका छन् ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पत्रकारसँग डेट गर्नुपर्ने ११ कारणहरू
पछिल्लो समाचार →
आवेश र उत्तेजनामा निर्णय लिन्नौं : केपी ओली

Leave a Comment

Your email address will not be published. Required fields are marked *