Latest News
Kathmandu

कांग्रेस सांसदहरुलाई डा. महतको आग्रह- सबैभन्दा पहिले एमसीसीका भ्रम चिर्नुस्

कांग्रेस सांसदहरुलाई डा. महतको आग्रह- सबैभन्दा पहिले एमसीसीका भ्रम चिर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले एमसीसीविरुद्धका भ्रम चिर्न आफ्ना पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् ।

आज बसेको संसदीय दलको बैठकमा एमसीसीबारे ब्रिफिङ गर्दै कांग्रेस नेता महतले एमसीसी इन्डो प्यासेफिक अन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको बताए ।

यसबारे कुनै पनि दलले अन्यथा लिन नहुने बताउँदै पूर्वअर्थमन्त्री महतले भने, ‘तर अहिले जनमानसमा एमसीसीबारे अनेक भ्रम परेको छ । ती भ्रमहरू चिर्न जरुरी छ ।

तपाईंहरू सबैभन्दा पहिले भ्रम चिर्नतिर लाग्नुस् ।’

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मन्त्री आलेको अश्लील गाली सामाजिक सन्जालमा भाइरल
पछिल्लो समाचार →
साहित्यकार तारानाथ शर्माको निधन

Leave a Comment

Your email address will not be published. Required fields are marked *