Latest News
Kathmandu

थारु भाषामा ‘म यस्तो गीत गाउँछु २’ को प्रमोशनल गीत (भिडियो)

थारु भाषामा ‘म यस्तो गीत गाउँछु २’ को प्रमोशनल गीत (भिडियो)

फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रमोशनल गीत सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको थारु भाषाको गीतमा नरेश योगी र मधु चौधरीको आवाज रहेको छ भने गायक योगीकै शब्द रचना तथा संगीत छ । गीतलाई सेविल एन्टरटेन्मेन्ट युट्युब च्यानल बाट रिलिज गरिएको हो l भिडियोमा फिल्मका मुख्य नायक -नायिका पल शाहलाई र पूजा शर्मालाई देखाइएको छ l थारु पहिरनमा देखिएका पल र पूजाको यस गीतको भिडियोलाई चितवनमा खिचिएको हो l

निर्माण टिमले नेवारी भाषामा पनि एउटा प्रमोशनल गीत तयार पारेको छ ।  फिल्ममा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायालगायतका कलाकारहरूको अभिनय रहेको छ । ‘म यस्तो गीत गाउँछु २’को कथा शिवं अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् । फिल्म यही फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदै छ l

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्र
पछिल्लो समाचार →
माथिल्लो कर्णालीमा लगानी जुटाउन जीएमआरलाई थप २ वर्ष दिइने

Leave a Comment

Your email address will not be published. Required fields are marked *