Latest News
Kathmandu

सत्ता गठबन्धनको बैठक सुरु

सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं । एमसीसीमा साझा धारणा बनाउने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसैले प्रतिनिधि सभा बैठक अघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले छलफल थालेका हुन् ।

सत्ता गठबन्धनको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले अलग्गै छलफल गरेका थिए ।

हिजो बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो । दलहरु आ-आफ्ना अडानमा कायमै रहेकाले एमसीसीमा सहमति जुट्ने सम्भावना कम छ । एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा तीव्र मतभेद भएकाले वर्तमान सत्ता गठबन्धन संकटमा परेको छ ।

सत्तारुढ गठबन्धनमा एमसीसी संसदमा टेबल गर्ने सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी दल नेकपा एमालेसँग सम्वाद अघि बढाएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
परिपूरक हुनुपर्ने विकास र वातावरणबीच बढ्दो खाडल : चेपुवामा आयोजना
पछिल्लो समाचार →
आजको संसद बैठकमा पनि एमसीसी पेश नहुने

Leave a Comment

Your email address will not be published. Required fields are marked *