युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । नेपाल ओलम्पियन संघले ओलम्पियनहरुको क्षमता अभिबृद्धिका लागि दुईदिने अभिमूखिकरण कार्यक्रम सन्चालन गर्ने भएको छ ।

संघका अध्यक्ष दीपक विष्टका अनुसार ओलम्पियनलाई आफ्नो अनुभव भावी पुस्तामा हस्तान्तरण गर्नका लागि क्षमता अभिवृद्धि कार्यक्रम सन्चालन गर्न लागिएको जानकारी दिए ।

बिहीबार र शुक्रबार नेपाल ओलम्पिक कमिटीको केन्द्रीय कार्यालय सातदोवाटोमा ओलम्पियनहरुलाई पब्लिक स्पिकिङ, योगा, मेडिटेसन र खेल मनोविज्ञानसम्बन्धी जानकारी दिइनेछ ।

‘खेलाडीहरुले खेल्नमात्र अब्बल भएर हुँदैन । उनीहरुको अनुभव र क्षमता अन्य खेलाडीका लागि मार्गदर्शन बन्न सक्छ । त्यसैले सार्वजनिक रुपमा निर्धक्कसँग आफ्ना कुरा राख्न उनीहरुको नेतृत्व विकासमा ध्यान दिनुपर्ने भएको छ,’ संघका पहिलो निर्वाचित अध्यक्ष दीपक विष्टले भने ।

नेपालमा रहेका सबै ओलम्पियनहरु सहभागी हुने भनिएको कार्यक्रममा पब्लिक स्पिकिङमा राजेश पाण्डे, योगा र मेडिटेसनमा पुस्कर पन्त तथा खेल मनोविज्ञानमा इन्द्र गुरुङले प्रशिक्षण दिनेछन् । खेल विज्ञ डा. प्रकाश प्रधानले पनि खेल मनोविज्ञानबारे प्रवचन दिने कार्यक्रम छ ।

तदर्थ समितिका रुपमा एक दशकदेखि अस्थित्वमा रहेको ओलम्पियन संघ यही वर्षदेखि अधिवेशन र निर्वाचन प्रक्रियाबाट कार्यसमिति गठन गरी सक्रिय हुन थालेको छ । ललितपुर प्रशासन कार्यालयमा दर्ता भएको संघका अध्यक्ष विष्टले भविश्यमा राष्ट्रिय खेलाडीका लागि पनि क्षमता अभिबृद्धि कार्यक्रम सन्चालन गर्ने योजना सुनाए ।

प्रतिक्रिया

सम्बन्धित ख