Latest News
Kathmandu

सरकार गिराउने षडयन्त्र भइरहेकाे छ : प्रचण्ड

सरकार गिराउने षडयन्त्र भइरहेकाे छ : प्रचण्ड

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताएका छन् ।

बुधबार काठमाडौँमा माओवादीको वाग्मती प्रदेश समितिको दोस्राे पूर्ण बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले परिवर्तनलाई कमजोर पार्ने, गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताएका हुन् ।

त्यस्तै, उनले बाहिर चर्चा गरिएजस्तो अहिले नै प्रतिकान्ति हुने अवस्था नरहेको जिकिर गरे । उनले बुधबार बिहान प्रधानमन्त्रीसँग नभई गृहमन्त्रीसँग भेटवार्ता भएको जानकारी दिए ।

संसद्मा टेबल गरिएको एमसिसी अनुमोदन गर्नेलगायत विषयमा बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आँधीले ढाल्यो ‘न्यूटन एप्पल ट्री’
पछिल्लो समाचार →
पत्रकार पाण्डेलाई युएई प्रहरीले पक्राउ गरेको घटनाप्रति महासंघकाे ध्यानाकर्षण

Leave a Comment

Your email address will not be published. Required fields are marked *