Latest News
Kathmandu

एकैदिन तोलामा २५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

एकैदिन तोलामा २५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य एकैदिन तोलामा २ हजार पाँच सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९९ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको आजको कारोबार मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ भने चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको छ । बुधबार तेजावी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ थियो भने चाँदी १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेपालले आज ओमानसँग खेल्दै तेस्रो स्थानको लागि
पछिल्लो समाचार →
आमा बनेपछि प्रियंका पहिलोपटक फिल्मी कार्यक्रममा

Leave a Comment

Your email address will not be published. Required fields are marked *