Latest News
Kathmandu

एमसीसी अनुदान परियोजना हो, संसदबाट पारित हुन्छ : मन्त्री चौधरी

एमसीसी अनुदान परियोजना हो, संसदबाट पारित हुन्छ : मन्त्री चौधरी

धनगढी । संघीय खानेपानी मन्त्री उमाकान्त चौधरीले एमसीसी विशुद्ध अनुदान परियोजना भएकाले प्रतिनिधिसभाबाट पारित हुने बताएका छन् ।

प्रेस युनियन कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले एमसीसीबारे सिर्जना भ्रम सत्य नभएको बताउँदै राष्ट्रको हितमा भएको जनाए ।

सरकारले मुलुकको समृद्धि र गरिबी निवारणका लागि काम गरिरहेको उल्लेख गर्दै चौधरीले एमसीसी पनि गरिबी निवारणका लागि ल्याइएको परियोजना भएकाले भ्रममा नपर्न आग्रह गरेका छन् ।

एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको र नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षी दल एमालेसँग सहकार्य गर्ने विषयमा उनले लोकतन्त्रमा सबै विकल्प सम्भव हुने जनाए ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
लगातार तीन खेल जित्दै एपीएफ फाइनलमा
पछिल्लो समाचार →
लोकतन्त्र, साम्यवाद र समकालीन विश्व राजनीति

Leave a Comment

Your email address will not be published. Required fields are marked *