Latest News
Kathmandu

बर्डफ्लु भेटियो पोखरामा

बर्डफ्लु भेटियो पोखरामा

Swabbing barred rock mix breed rooster to test for avian influenza

पोखरा । पोखरामा बर्डफ्लु आउटब्रेक भएको छ । पोखरा वडा नम्बर १५ र १७ मा बर्डफ्लु भेटिएको हो । फागुन ६ गते पोखरा १५ का खुसीमान गुरुङ र १७ का खेमबहादुर क्षेत्रीले पालेको कुखुरा मरेपछि प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको बताइएको छ ।

बर्डफ्लु देखिए लगत्तै जिल्लामा सतर्कता अपनाइएको छ भने जोखिम क्षेत्रबाट पंक्षी र पन्छीजन्य पदार्थ नष्ट गर्ने काम शुरू भएको छ । फोकल पर्सन डा. गृष्म न्यौपानेले प्राविधिक घटनास्थलमा खटिएका जानकारी दिए ।

‘जोखिम क्षेत्र भनेर ४ किल्ला तोकिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले ४ किल्ला तोकेर त्यस भित्रका पंछी र पन्छीजन्य पदार्थ नष्ट गर्ने काम शुरू गर्ने निर्णय भएको छ,’ उनले भने, ‘आत्तिनुपर्ने अवस्था छैन । तर सतर्कता अपनाउनुपर्ने छ ।’ ३ वर्षअघि कास्कीकै मादीमा बर्डफ्लु पुष्टि भएको थियो । बर्डफ्लुका कारण १० दिनसम्म त्यहाँबाट पन्छी ल्याउने लैजाने काम बन्द गर्ने निर्णय भएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एमसीसी परियोजनाको सुई कहिले घुम्न थाल्छ ?
पछिल्लो समाचार →
जेलेन्स्की : युक्रेनलाई कसैले भंग गर्न सक्दैन

Leave a Comment

Your email address will not be published. Required fields are marked *