Latest News
Kathmandu

२ साता पछि सर्ने कांग्रेसको चुनावी अभियान

२ साता पछि सर्ने कांग्रेसको चुनावी अभियान

काठमाडौं । नेपाली कांग्रेसको चुनावी अभियान केही समय पछि सर्ने भएको छ । शुक्रबार (फागुन २०)देखि सुरु गरिने अभियान करिब दुई सातापछि सर्ने भएको छ। फागुन २० देखि चैत २० सम्मका लागि तोकिएको अवधि परिमार्जन गर्न लागिएको हो।

चुनाव केन्द्रित प्रसारका लागि ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गर्न लागिएको थियो। कार्य सम्पादन समितिले फागुन ३ मा गरेको उक्त निर्णय संशोधन हुने भएको छ। अभियानका लागि तयारी नपुगेको जनाउँदै दुई साता पछिबाट मात्रै सुरु गर्ने बताइएको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एसमीसी) नेपाल कम्प्याक्ट संसदबाट अनुमोदन गराउनका लागि पार्टी सम्पूर्ण रुपमा केन्द्रित हुँदा अभियानको तयारी नपुगेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। ‘एमसीसी अनुमोदनका लागि पार्टी सम्पूर्ण रुपमा लाग्यो। ‘अभियानका लागि तयारी पुगेन’ महामन्त्री शर्माले भने,’चैतको पहिलो साताबाट अभियान सुरु गर्न हुन्छ।’

देशभरका सबै वडामा अभियान सुरु गरी घर-घरमा कांग्रेस कार्यकता पुगेर पार्टीको व्यापक प्रचार गर्ने तयारी गरिएको छ।

एक महिने अभियानमा संगठन सुदृढीकरणसमेत महत्व दिने पार्टीले निर्णय गरेको छ। पार्टीका सबै तह, भ्रातृ र शुभेच्छुक संस्था अभियानमा सहभागी गराउने कांग्रेसले निर्णय गरेको छ।

भ्रातृ संस्थाको विधान टुंगाए लगत्तै अभियानका सन्दर्भमा छलफल गरी निर्णय गरिने शर्माले जानकारी दिए।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति वैशाख ३० मा गर्ने गरी मिति तय गरेको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
उपमहानगरको मेयरमा गोपाल हमालको उम्मेदवारी घोषणा धनगढीमा
पछिल्लो समाचार →
उपचार अभावमा ९ वर्षीय बालक साङ्लोमा बाँधिए

Leave a Comment

Your email address will not be published. Required fields are marked *