Latest News
Kathmandu

देशले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीतिको धज्जी उडाइयो

देशले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीतिको धज्जी उडाइयो
काठमाडौं । केही दिनको तनाव देखि रसिया र यूक्रेन बीचको भूराजनीति परिघटनाले आज विश्व नै तरंगित छ । एसिया र साउथ एसिया भूराजनीति हिसाबले उदायमान चीन ‘ रसिया ‘ भारत जस्ता शक्तिको होडमा दुनियाँ मा एक्काइसौं शताब्दिको युग भनेको एसियन युग हो ।
यो प्रमाणिकरण दोश्रो विश्व युद्ध पछि नै घोषित कुरा हुन् । एसियामा सम्भावना खनिज ‘ जल जमीन ‘ पूर्वाधार ‘ विकास निर्माणको युग हो । जस्तै युनाइटेड सोभियत संघ छँदा युक्रेन लगायत ससाना राज्यहरू एउटै थिए । जब सोभियत संघको विघटन पछि रसिया क्षत विक्षत भयो । सोभियत संघको विघटन पछी संयुक्त राष्ट्र संघको स्थापना भयो । र पछी राजनीति घटनाक्रम ले रसियामा भ्लादिमिर पुटिन जस्ता शक्तिशाली राष्ट्रवादी नेताको उदय भयो । विस्तारै छरिएर रहेका राज्यहरू लाई एकिकरण गर्ने काम क्रिमिया लगायत यूक्रेन देशहरूलाई रसियामा युनाइटेड गर्ने रसियाको रणनीति देखिन्छ ।
पश्चिमा लगायत अमेरिकन हरु भने एसियन हरुलाई मिल्न नदिने ‘ फुटाउ र राज गरको नीति अवलम्बन गर्ने नीति लिएको देखिन्छ । आज पछिल्लो घटनाक्रम ले नेपालमा विकास साझेदारि को नाममा एमसिसि जस्ता छद्मभेषी पश्चिमा डिजाइन नेपाल का पार्टीका भोका नांगा भ्रष्ट पदाधिकारी हरुलाई प्रयोग गरि एमसीसी पास गरे लगत्तै राष्ट्रले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीतिको धज्जी उडाइयो । अमेरिकाको चाकडी स्वरूप रसियाले युक्रेन माथिको आक्रमण गलत हो भनेर संयक्त राष्ट्र संघको मानव अधिकार आयोगको वैठकमा मतदान हुँदाको बखत नेपालले क्रिमियाको पक्षमा मतदान गर्नु आफूले अंगालेको अंसलग्न कूटनीति सग विरोधाभास भयो ।
त्यस बैठकमा मित्र राष्ट्र भारत अनुपस्थिति हुनु ‘ १३ वटा भन्दा बढी देश अनुपस्थित हुनु र पाँचवटा देश विपक्षमा उभिनु र नेपाल लगायत पश्चिमा देशहरू क्रिमियाको पक्षमा मतदान गर्नु भनेको नेपाल पनि NATO मा संलग्न भएको अप्रत्यक्ष रूपमा देखिन्छ । यसै को अर्को रूप हो एमसीसी । विकास साझेदारी को नाममा क्षेत्रिय सुरक्षामा खलल पुर्याउनु नै यसको उद्देश्य हो । पञ्चशीलको आधारमा असंलग्न परराष्ट्र नीति जुन बनाइएको हो यस्लाई अक्षर अक्षर पालना गरि कुनै पनि प्रकारका लडाईमा युद्धको पक्ष विपक्षमा नेपाल ले तटस्थ नीति लिनुपर्ने हो । तर आज यूकेनको पक्ष लिनु भनेको नेपालको कुनै परराष्ट्र नीति नहुनु हो । जस्तै युक्रेन ले छिमेकी का विरुद्ध पश्चिमा सैनिक रणनीतिको लहलहैमा लाग्दा यूक्रेनी जनताले युद्धको सामना गर्नुपर्यो ।
दुनियाँमा सबै फेर्न सकिन्छ ‘ दुष्ट भएपनि छिमेकी बदल्न सकिंदैन ‘ र ‘छोरि दिएर सम्धि बनाउन सकिन्छ तर श्रीमति दिएर सम्धि हुँदैन । त्यसैले समय छँदै राष्ट्रिय नीति अख्तियार नगर्ने हो भने ढीलो चाँडो हाम्रो अवस्था युक्रेनी जनताको जस्तो नहोला भन्न सकिंदैन । विकास गरेर द्वन्द्धमा फँस्नु भन्दा हिजो पिता पुर्खाले थाप्लाको भञ्ज्याङ लगाएर खुर्पेटो बोकेर साट्टु र मकै खाएर अक्षुण्ण स्वतन्त्र ‘ अविभाज्य ‘ मुलूक बचाएका थिए । विदेशी दलाल हरुलाई यस कुराको हेक्का रहोस् ।
जय गुरु गोरख !
हेम विक्रम सिलवाल – संयोजक
स्वतन्त्र नागरिक समाज
पाटनढोका ‘ पीपल बोट ।
📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
उपचार अभावमा ९ वर्षीय बालक साङ्लोमा बाँधिए
पछिल्लो समाचार →
सत्तारुढ गठबन्धनले सहकार्यबारे चुनावी छलफल थाल्यो

Leave a Comment

Your email address will not be published. Required fields are marked *