युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । अमेरिकी गायिका रिहाना अहिले गर्भवती छिन् । उनको बेबी-बम्प संसारभर चर्चाको विषय बनेको छ । उनको गर्भवती अवस्थाको पेटलाई लिएर हलिउडदेखि युरोपेली मिडियाले स्त्रीत्वको बहस पनि थालेका छन् ।

रिरी नामले समेत हलिउडमा चर्चित अर्बपति रिहाना यसैसाता पेरिस फेसन विकअन्तर्गत डायोर अटम विन्टर २०२२ मा फेसन स्टेटमेन्ट बनिन् । कालो पहिरनमा पेट देखिने पारदर्शी पहिरनमा रिहाना हट देखिएकी थिइन् ।

प्रेमी असाप रकीको पहिलो सन्तानलाई जन्म दिन लागेकी ‘अम्ब्रेला’ गायिकाले ब्ल्याक लिंगेरी, लेदर क्याप र सुहाउने लेदर बुट लगाएकी थिइन् । सिल्भर ज्वेलरी र चेन नेकलेसले उनको लुक्सलाई थप पूर्णता दिलाएको थियो ।

युरोपेली फेसन समीक्षकले रिरीको पेरिस फेसन विकलाई आदर्श मातृत्वको फेसन भनेर टिप्पणी गरेका छन् । यसैसाता पिपुल म्यागजिनसँग कुरा गर्दै रिहानाले गर्भवती अवस्थाको फेसनलाई आत्मसात गर्न रमाइलो हुने भएपनि चुनौतीपूर्ण हुने बताएकी थिइन् ।

उनी भन्छिन्, ‘मलाई यसो गर्न निकै मन पर्छ । मेरो पेटलाई खुलै राख्ने कुरामा मैले इन्जोय गरेकी छु । म मोटाएँ भनेपनि केही समस्या छैन, यो मेरो सन्तानको न्यानो आगमनकै लागि हो ।’

प्रतिक्रिया

सम्बन्धित ख