Latest News
Kathmandu

बुद्धबाट यात्रा गर्ने यात्रुलाई ८ मार्चबाट पुस्तक उपहार

बुद्धबाट यात्रा गर्ने यात्रुलाई ८ मार्चबाट पुस्तक उपहार

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बुद्ध एयरले ८ मार्चको दिन २५ सय यात्रुलाई पुस्तक उपहार दिने भएको छ ।

कम्पनीले सांग्रिला बुक्ससँगको सहकार्यमा महिला लेखकले लेखेका पुस्तक हवाई यात्रुलाई उपहारका रुपमा दिन थालेको हो । यो दिन पहिलो २५ सय यात्रुले यस्तो उपहार पाउने कम्पनीका सञ्चार अधिकृत दीपेन्द्र कर्णले जानकारी दिए ।

‘हाम्रो मात्र ८ हजार भन्दा बढी यात्रु हुन्छ,’ उनले भने, ‘यसमध्ये काठमाडौं विमानस्थलबाट यात्रा गर्ने पहिलो २५ सय यात्रुले यो उपहार पाउनु हुनेछ ।’ महिला लेखकलाई प्रोत्साहन गर्न कम्पनीले यस्तो अभियान ल्याएको उनले बताए ।

यसका लागि कम्पनीले १० लाख रुपैयाँ खर्च गर्दैछ । उपहार भने महिला÷पुरुष सबै यात्रुले पाउने छन् । बुक विभिन्न लेखकका हुनेछन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पेस्तोलसहित चरेश बरामद पर्सामा
पछिल्लो समाचार →
रिहानाको बेबी-बम्प पेरिस फेसन विकमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *