
वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साबाट कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली र चरेश बरामद गरेको छ ।
छिपहरमाइ गाँउपालिका-५ स्थित सिक्टा नदीको पुल नजिकबाट शनिबार राति कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली र चरेश बरामद गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षक राजेश्वरप्रसाद साह नेतृत्वको टोलीले सिक्टापुल आसपासको क्षेत्रमा गस्तीमा थियो । सशस्त्र प्रहरीलाई देख्ने वित्तिकै एक जना व्यक्ति आफूसँग रहेको झोला फालेर भारततर्फ भागे ।
झोला खोलेर हेर्दा प्लाष्टिकमा बेरिएको अवस्थामा लागुऔषध चरेश २ प्याकेट, एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ७.६२ मि.मिको गोली १ थान बरामद गरेको राउण्ड गोली बरामद सशस्त्र प्रहरी बल १३ नं हेड क्वाटर पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिएका थिए।
बरामद गरिएको लागुऔषध र हतियार नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।