युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

ललितपुर । नेपाल प्रहरीले रु ३ लाख ८५ हजार ३३० नगदसहित २४ जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरी टोलीले महालक्ष्मी नगरपालिका-४ इमाडोलस्थित एकबहादुर रानाको जस्ताले बनाएको टहराभित्रभित्र जुवा खेलिरहेको अवस्थामा शनिबार रति २४ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी)ले दिनेशराज मैनाली पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका २४ जनालाई ८ बुक ताससहित नियन्त्रणमा लिएको जानकारी दिए ।

पक्राउ पर्नेमा महालक्षमी नगरपालिका -४ ईमाडोल सेतीपाखा बस्ने ३३ वर्षीय तेजबहादुर थापासहित २३ जना रहेका छन् ।

पक्राउ व्‍यक्तिसँग प्रहरीले नगद, ८ बुक तास बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख