Latest News
Kathmandu

महाभियोग सिफारिस ११ सदस्यीय समिति गठन

महाभियोग सिफारिस ११ सदस्यीय समिति गठन

काठमाडौं । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा ‘महाभियोग सिफारिस समिति’ गठन गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमत स्वीकृत गरेको हो ।

समितिमा संसद् अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल एमालेका प्रतिनिधि पनि छन् ।

प्रधानन्यायाधीश जबराविरुद्ध फागुन १ महाभियोग प्रस्ताव दर्ता भएको थियो ।

बैठकमा सरकारले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतिसौं वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ प्रतिनिधिसभा बैठकमा पेस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सो प्रतिवेदन पेस गरेका हुन् ।

बैठकमा सभामुख सापकोटाले बलात्कारको अभियोगमा पक्राउ परेका सांसद मोहन बानियाँको बाँके जिल्ला प्रहरी कार्यालयले पठाएको पत्र पनि पढेर सुनाएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २९ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

महाअभियोग सिफारिस समिति यस्तो छ ।

एमाले

१. विष्णु पौडेल

२. लालबाबु पण्डित

३. शिवमाया तुम्बाहाम्फे

४. कृष्णभक्त पोखरेल

कांग्रेस

५. मिनबहादुर विक

६. रामबहादुर विष्ट

माओवादी

७. यसोदा सुवेदी

८. रेखा शर्मा

नेकपा एस

९. कल्याणी खड्का

लोसपा

१०.एकवाल मियाँ

जसपा

११. प्रमोद साह

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
माधव नेपाल : संसद् भंग गरेर निर्वाचनमा जाऔं
पछिल्लो समाचार →
माेहन बानियाँ सांसद निलम्बित

Leave a Comment

Your email address will not be published. Required fields are marked *