Latest News
Kathmandu

सेञ्चुरी बैंकद्वारा‌ भक्तपुर जिल्लामा सि. सि. टि.भी. जडान समितिलाई आर्थिक सहयोग काभ्रेमा जेष्ठ नागरिक सेवा केन्द्रलाई फर्निचर सहयोग

सेञ्चुरी बैंकद्वारा‌ भक्तपुर जिल्लामा सि. सि. टि.भी. जडान समितिलाई आर्थिक सहयोग काभ्रेमा जेष्ठ नागरिक सेवा केन्द्रलाई फर्निचर सहयोग

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११ औँ स्थापना दिवसको पूर्वसन्ध्यामा भक्तपुर जिल्ला सि सि टि भी जडान समितिलाई नगद रु.१००,००० आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम बैंकका बागमती प्रदेश प्रमुख दीपेन्द्र बाबु विष्टले महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठको विशेष उपस्थितिमा परिसर कार्यालयमा भक्तपुर जिल्ला सि. सि. टि. भी. जडान समितिका कोषाध्यक्ष नवीन प्रजापतिलाई हस्तान्तरण गर्नुभयो । उक्त कार्यालयका सेञ्चुरी बैंकका बागमती प्रदेश उपप्रमुख प्रचिता श्रेष्ठ, सुकुलढोका शाखाका प्रमुख सुकेश शाक्य र भक्तपुर शाखाका प्रमुख उषा खाणको पनि उपस्थिति थियो l सेञ्चुरी बैंकले भक्तपुरमा तीन शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

समितिका कोषाध्यक्षले यस आर्थिक सहयोगबाट भक्तपुर जिल्लाको अपराध नियन्त्रणलाई प्रमाणमुखी र प्रभावकारी बनाउन मुख्य राजमार्ग, मुख्य मुख्य चोक, सीमा नाका तथा प्रहरी चेक पोइन्टहरू समेतमा सि. सि. टि. भी. क्यामेरा जडान गरी अपराध अनुसन्धान तथा न्यूनिकरण गर्न सहयोग पुग्ने बताउनु भएको छ ।

साथै बैंकको धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यकम अन्तर्गत जेष्ठ नागरिक सेवा केन्द्र, काभ्रे धुलिखेललाई एक दर्जन कुर्सी दुईओटा टेबल र एक थान दराज लगायतका फर्निचर समान प्रदान गरेको छ । जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । उक्त अवसरमा बैंकले गीता मन्दिर सरसफाई समेत गरेको थियो । सेञ्चुरी बैंकले काभ्रेमा सात शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
छोटो तयारी, बलिया प्रतिद्वन्द्वी : यू-१८ महिला साफ
पछिल्लो समाचार →
पर्वतारोहण : एशियाली आरोही बढ्ने अपेक्षा, युरोपेली घट्न सक्ने

Leave a Comment

Your email address will not be published. Required fields are marked *