Latest News
Kathmandu

झिनो अंकले बढ्यो नेप्से परिसूचक

झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १.५४ अंकले बढेर २५ सय ४४ दशमलव ९३ अंकमा रोकिएको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेको छ ।

नेप्से परिसूचक २ दशमलव १४ अंकले बढेयर ४९२ दशमलव २६ अंकमा पुगेको छ । नेप्से परिसूचक झिनो अंकले बढे पनि कारोबार रकम भने २ अर्ब ६० करोडमै रोकिएको छ । दिनभर भएका ४० हजार १३० कारोबारबाट ५३ लाख १५ हजार २९२ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०३ रुपैयाँमा रोकिएको छ ।

बजार झिनो अंकले बढ्दा सबैभन्दा धेरै बढ्नेमा बुद्धभूमी हाइड्रोपावर कम्पनी पहिलो नम्बरमा देखिएको छ । यस कम्पनीको सबसेयर मूल्य ३९.१ रुपैयाँले बढेर प्रतिकित्ता ७०३ रुपैयाँ पुगेको छ । धेरै बढ्ने दोस्रो नम्बरमा बोटलर्स नेपाल (तराई) बिएनटी देखिएको छ । बिएनटीको सेयर मूल्य ७१९ रुपैयाँले बढेर १३ हजार ८५० पुगेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पर्वतारोहण : एशियाली आरोही बढ्ने अपेक्षा, युरोपेली घट्न सक्ने
पछिल्लो समाचार →
युट्युब च्यानल दर्ता गर्न के ५ लाख लाग्छ ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *