Latest News
Kathmandu

सन् २०२२ को साहसिक महिला पुरस्कार भूमिका श्रेष्ठलाई

सन् २०२२ को साहसिक महिला पुरस्कार भूमिका श्रेष्ठलाई

काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने सन् २०२२ को साहसिक महिला पुरस्कार नेपालकी भूमिका श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रालयले ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपालकी श्रेष्ठसहित विभिन्न देशका १२ जनालाई साहसिक महिला पुरस्कार दिने निर्णय गरेको हो ।

नेपालका यौनिक अल्पसङ्ख्यकको हक अधिकारका लागि कार्यरत भूमिका श्रेष्ठले पुर्‍याएको योगदानका लागि सो पुरस्कार दिइएको विदेश मन्त्रालयले जनाएको छ । वेबसाइटमा राखिएको श्रेष्ठको परिचयमा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई समाजमा नराम्रो दृष्टिले हेरिने मान्यताविरुद्ध आन्दोलनको नेतृत्व गरिरहेको उल्लेख छ ।

श्रेष्ठ सन् २००७ देखि नेपालमा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार र सामाजिक न्यायका पक्षमा वकालत गर्दै आएकी छन् । सो पुरस्कार यस अघि एसिड पीडित मुस्कान खातुनले पाएकी थिइन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बलात्कारविरुद्ध सिद्धबाबामा लागेको मुद्दा : आज सुनुवाइ हुँदै
पछिल्लो समाचार →
नयाँ बसपार्कभित्र रात्रिकालिन यात्रुको सहजताका लागि होटल तथा लज

Leave a Comment

Your email address will not be published. Required fields are marked *