Latest News
Kathmandu

३५ सय रुपैयाँले घट्यो एकैदिन तोलामा सुनको मूल्य

३५ सय रुपैयाँले घट्यो एकैदिन तोलामा सुनको मूल्य

काठमाडौं । सुनको मूल्य एकै दिन तोलामा तीन हजार पाँच सय रुपैयाँले घटेको छ । आज छापावल सुनको मूल्य एक लाख २ हजार रुपैयाँ तोकिएको छ ।

बुधबार हालसम्मकै उच्च विन्दु प्रतितोला एक लाख ५ हजार पाँच सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यस्तै तेजावी सुन र चाँदीको मूल्य आज तोलामा क्रमशः एक लाख एक हजार पाँच सय र १४ सय पाँच रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला तेजावी सुन एक लाख ५ हजार रुपैयाँ र चाँदी १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सुस्तायो गाडीको व्यापार रोके बैंकलेअटो ऋण
पछिल्लो समाचार →
राजनीतीकरण नगर्न स्वाथ्य क्षेत्रमा प्रदेश प्रमुख शेरचनको आग्रह

Leave a Comment

Your email address will not be published. Required fields are marked *