युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धादिङ । धादिङको धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले आफ्नो क्षेत्रमा मनोमानी रुपमा अवैध ढुंगाखानी खुला गरेका छन् । त्यसका कारण पर्यावरण मात्रै होइन मानवबस्ती समेत ठूलो जोखिममा छ ।

वडा नम्बर १ मा दर्जनौँ खानीहरु अवैध रुपमा चलेको भएपनि मेयर आचार्यले मौन छन् । तर, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीले अवैध रुपमा चलेको ढुंगाखानी बन्द गराएको छ ।

पार्टीको मध्य केन्द्रीय कमाण्डको इन्चार्ज बताउने हिक्मतद्वारा जारी विज्ञप्तिमा खानी बन्द गरिएको जानकारी दिइएको छ । धुनेवेशी नगरपालिका वडा नम्बर १ स्थित लामागाउँमा रहेको अवैध ढुंगाखानी कब्जा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति अनुसार स्थानिय सरकारलाई जनताले पटक पटक जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएपछि पार्टीले बन्द गरेको हो ।

जारी विज्ञप्ती अनुसार संचालकहरु सानु तामाङ, कृष्ण तामाङ र सुजन तामाङलाई लगायत तस्करहरुलाई उत्खनन् बन्द गरि उक्त पार्टीको जनअदालतमा हाजिर हुन सुचित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख