Latest News
Kathmandu

जेभियर इन्टरनेशनल कलेज मिसन पुस्तकालय अभियानमा

जेभियर इन्टरनेशनल कलेज मिसन पुस्तकालय अभियानमा

एलन अधिकारी ।  मिती २०७८ साल फाल्गुन महिनाको २३ गतेका दिन काठमाडौंको कालोपुल स्थित जेभियर इन्टरेशनल कलेजले धादिङ जिल्ला गजुरी गाउँपालिका स्थित आदर्श माध्यमिक विद्यालयमा मिसन पुस्तकालय कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ।

एक पुस्तक एक ज्ञान, एक पुस्तकालय अनेक ज्ञान भन्ने धारणाका साथ ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न आवश्यक पुस्तक उपलब्ध गराउने सो कार्यक्रमका संयोजक यसै कलेजका उपप्राचार्य दिपेन दाहालले जानकारी गराउनु भयो। जेभियर इन्टरनेशनल कलेजका विद्यार्थीहरूको सहभागितामा र आदर्श माध्यमिक विद्यालय, गजुरीमा अध्यनरत विद्यार्थीहरको सहभागितामा यस कार्यक्रम सम्पन्न भएको थियो।

सामाजिक रुपान्तरणका लागि सामुदायिक विद्यालय तहमा आगामी दिनहरुमा यसै मिसन पुस्तकालयका साथ मिसन शिक्षा र मिसन आविष्कार कार्यक्रम गर्ने योजना रहेको जेभियर इन्टरनेशनल कलेजका उपप्राचार्य दिपेन दाहालले थप जानकारी गराउनुभएको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
संयुक्त राष्ट्रिय सुकुम्वासि माेर्चाकाे सरकारलाई चेतावनि, माग पूरा नभए सशक्त आन्दाेलन गर्ने
पछिल्लो समाचार →
जनतामा रहेको एमसीसीबारे भ्रम चिर्छौं : महामन्त्री शर्मा

Leave a Comment

Your email address will not be published. Required fields are marked *