Latest News
Kathmandu

जसपाको केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचनबारे छलफल

जसपाको केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचनबारे छलफल

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

काठमाडौंमा आजबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागिता कसरी हुन्छ भन्ने बारेमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए ।
उनले बैठकमा स्थानीय निर्वाचन निर्देशिका प्रस्तुत गरिने र त्यसलाई छलफल गरेर पारित गर्ने बताए । प्रचार विभाग प्रमुख खतिवडाले बैठकमा पार्टीका आन्तरिक संगठनात्मक कुराहरुको बारेमा पनि छलफल हुने बताए ।

प्रचार विभाग प्रमुख खतिवडाले भने, ‘आजको बैठकमा केही स्पेसीफिक एजेण्डाहरुमा आधारित भएर छलफल गर्नेछौँ । यो बैठक भोलिसम्म चल्नेछ । यसका मुख्य ४ वटा एजेण्डाहरु छन् । पहिलो एजेण्डा भनेको आसन्न स्थानीय निर्वाचनमा पार्टीले कसरी भाग लिन्छ भन्ने बारेमा स्थानीय निर्वाचन निर्देशिका हलमा प्रस्तुत भइरहेको छ ।’

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
ऐतिहासिक शहर पनौतीमा पुरानो शैलीका घर बनाइँदै
पछिल्लो समाचार →
प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश

Leave a Comment

Your email address will not be published. Required fields are marked *