Latest News
Kathmandu

समाजको चेतनास्तर भुईंमा झर्न लागेको त होइन – शिव परियार

समाजको चेतनास्तर भुईंमा झर्न लागेको त होइन – शिव परियार

काठमाडौं । गायक शिव परियारले समाजको चेतनास्तर उल्टो दिशामा जान थालेको महसुस हुन थालेको बताएका छन् । मोरङमा १८ महिने बालिकाको बलात्कारपछि हत्या, दति भएकै काण एउटी नाबालिकामाथि अमानीय व्यवहारका घटना देख्दा समाजको चेतनाको तह गिरेको महसुस हुने बताएका हुन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक परियारले समाजको चेतनास्तर बढ्नुपर्नेमा टाउकोदेखि कम्मर हुँदै भुईंमै झर्न लागेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘बोल्दा बोल्यो, कलाकार होस् विवादमा नफस् भन्छन् । तर १८ महिने बालिकाको बलात्कारपछि हत्या, अनि कथित तल्लो जातकै कारण एउटी नाबालिकाप्रति अमानीय व्यवहार, फेरि पनि यही समाजमा देखिरहँदा यस्तै तमाम घटना दैनिक पढिरहनु पर्दा मन पोल्छ । अहिलेको युगमा पनि यो समाजको चेतनाको भित्री कट्टु झरेर तल भुईंमा खसिसकेको झैं महसुस हुन्छ । ए चेतनशील नागरिकहरु हो, यो समाजको चेतनाको कट्टु टाउकोदेखि कम्मर हुँदै बगेर भुईंमा झर्नबाट जोगाउनुहोस् । यो समाज सुधार्ने तपाईं हामी नागरिककै आचरण, सोच र व्यवहारले हो ।’

उनले नागरिककै आचरण, सोच र व्यवहारले नै समाज सुधारिने बताएका छन् ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
‘स्टारडम होइन फिल्ममा कन्टेन्ट महत्वपूर्ण’
पछिल्लो समाचार →
झापाका किसान कुरिलो बिक्री नहुँदा चिन्तित

Leave a Comment

Your email address will not be published. Required fields are marked *