युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     
देशको समसामयिक राजनीति, आसन्न स्थानिय निर्वाचन, र भविष्यमा हुने संसदीय निर्वाचन विषयकमा स्वतन्त्र नागरिक समाज र रा.प्र.पा. ले उठाएको एजेण्डा हिन्दू अधिराज्य र शाहवंशीय राजसंस्था कसरी पुनरस्थापना गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो ।
स्वतन्त्र नागरिक समाजको तर्फबाट २०७२ को संविधानले राजसंस्था र हिन्दू अधिराज्य चिन्दैन भन्ने प्रश्न र आन्दोलनको विकल्प छैन भन्ने प्रश्नमा माननिय अध्यक्ष राजेन्द्र लिङ्देन को जवाफ थियो “आन्दोलन र सदन दुइटैलाई प्रयोग गरी शान्तिपूर्वक राजनीतिक तवरबाट परिवर्तनको थालनी गर्नुपर्छ भनी स्पष्ट पार्नु भयो ।
” र स्वतन्त्र नागरिक समाजसंग कसरी सहकारी गर्न सकिन्छ भनेर उपाध्यक्ष तथा सचिवालय प्रमुख हेम जंग गुरुडजीलाई अध्यक्षले निर्देशन गर्नु भयो । स्वतन्त्र नागरिक समाजको पनि चाहना संवैधानिक राजसंस्था ‘ हिन्दू अधिराज्य पुनर्स्थापना नै हो ।
रा. प्र . पा. संग एकता गर्दा मुलूक ‘ र जनता पञ्चशीलको आधारको असंलग्न परराष्ट्र नीति ‘ क्षेत्रिय सुरक्षामा सन्तुलन ‘ देशमा औद्योगिकरण ‘ कृषिमा क्रान्ति ‘ स्वास्थ्य र शिक्षामा सबै को पहुंच ‘ देशै भित्र शैक्षिक वेरोजगारको अन्त्य ‘ जातिय नारा होइन ‘ अनेकतामा एकता लगायतका विषयलाई शान्तिपूर्ण राजनीतिक तवरबाट पूरा गर्ने राष्ट्रिय प्रजातन्त्र को लक्ष्य र स्वतन्त्र नागरिक समाजको उद्देश्य एउटै भएको हुँदा निकट भविष्य मै कार्यगत एकता हुन सक्ने आधारशीला आजको भेटघाटले प्रष्ट पारेको कुरा देशभक्त नागरिक हरूलाई जानकारी गराउँछौं ।
जय गुरु गोरख ! !!
हेम विक्रम सिलवाल, संयोजक
स्वतन्त्र नागरिक समाज
पाटनढोका, पीपलबोट, ललितपुर
मिति – २०७८ – १२ – १३ गते आइतबार

प्रतिक्रिया

सम्बन्धित ख