Latest News
Kathmandu

फेरि सेयर बजार ओरालोतिर, कारोबार रकमसँगै १३ समूहकै सूचक घट्यो

फेरि सेयर बजार ओरालोतिर, कारोबार रकमसँगै १३ समूहकै सूचक घट्यो

काठमाडाैँ । कारोबारको दोस्रो दिन (सोमबार) पनि सेयर बजार दोहोरो अंकले ओरालो लाग्यो। यसदिन नेप्से परिसूचक ३०.४३ अंकले घटेर २५४१.८३ विन्दुमा अडिएको छ । यसअघि कारोबारको पहिलो दिन आइतबार नेप्से ४१.४१ अंकले ओरालो लागेर २५७२.२६ विन्दुमा बन्द भएको थियो। सो दिन४ अर्ब ९८ करोड ९५ लाख बराबरको सेयर कारोबार भएको थियो

यसदिन २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ कित्ता सेयर २ अर्ब ५४ करोड ५३ लाख बराबरमा खरिदबिक्री भयो। कारोबारमा आएका १३ वटै समूहको सूचक घट्यो। आज व्यापार समूहको सर्वाधिक २.४२ प्रतिशतले सेयर मूल्य घट्यो। यस्‍तै अन्य समूहको २.३९ प्रतिशतले मूल्य घट्दा वित्त समूहको २.३७ र जीवन विमाको २.३२ प्रतिशतले सूचक घट्यो। विकास बैंकको १.६९, मनु एन्ड प्रोको १.४२, लगानी समूहको १.१६ प्रतिशतले सूचक ओरालो लाग्यो।

नेप्से परिसूचक घटेपनि यसदिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। राष्ट्रिय उत्थानको १० प्रतिशत र इमर्जिङ नेपालको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको हो। कारोबार रकमका आधारमा जीवन विकास लघुवित्त वित्तीय अग्रस्थानमा रह्यो। सो कम्पनीको २२ करोड २४ लाख बढीको सेयर कारोबार भयो।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
धेरैजसो कलिलैमा गर्भवती सरकारी कार्यक्रमले पनि राेकिएन बालविवाह
पछिल्लो समाचार →
सुनसरीको इटहरीमा बम विष्फोट, दुई जना घाइते

Leave a Comment

Your email address will not be published. Required fields are marked *