काठमाडौँ । दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले सोमबार पपुवा न्युगिनी (पीएनजी)लाई ५१ रनले हराउँदै त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ ।
सन्दीपको कप्तानीमा नेपालले जितेको यो पहिलो उपाधि हो । यो सन्दीप लामिछानेको कप्तानीमा नेपालले जितेको पहिलो सिरिज हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भउको खेलमा नेपालले दिएको १६८ रनको लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा ११ रनमा अलआउट भयो ।
पीएनजीका लागि सेसे बाउले ५९ रन बनाएपनि अन्य ब्याट्सम्यानले उल्लेख्य पारी खेल्न सकेनन् । ७ जनाले दोहोरो अंकको स्कोर गर्न नसकेका पीएनजीका थप २ जना ब्याट्सम्यान गोल्डेन डक आउट भएका थिए । चाल्स अमिनीले १५ रन बनाए ।
पीएनजीलाई सस्तैमा समेट्न दीपेन्द्रसिंह ऐरीले ४, करण केसीले ३ र सन्दीप लामिछानेले २ विकेट झारे । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६८ रनको योगफल तयार पारेको थियो । नेपालका लागि नटआउट रहँदै दीपेन्द्रसिंह ऐरीले ५४ र करण केसीले ३३ रन बनाए ।
आसिफ शेख २९, कुशल भुर्तेल २५, आदिल आलम १५ रनमा आउट भए । आरिफ शेख र दिलिप नाथले खातै खोल्न पाएनन् भने रोहित पौडेल २ रनमा आउट भए । पीएनजीका सेमो कामियाले ३ तथा चाद सोपर, काबुआ मोरिया र रिले हेकुरेले एक एक विकेट लिए ।

Leave a Comment